नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु « Khabarhub

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको झडपमा २० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सांसद तथा अन्य स्रोतहरूले बताएका छन्।

बोर्गू सङ्घीय निर्वाचन क्षेत्रका सांसद जाफर मुहम्मदले झडपको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन सुरक्षा बल परिचालन गर्न माग गरेका छन्। उनका अनुसार स्थानीय मिलिसिया तथा विभिन्न जातीय समूहबीच भएको हिंसामा २० जनाभन्दा बढीको मृत्यु भएको हो।

मुहम्मदले स्थिति नियन्त्रणमा लिन भारी हतियारसहितको सुरक्षा बल आवश्यक रहेको बताएका छन्। स्थानीय बासिन्दालाई उद्धृत गर्दै एएफपीले उक्त हिंसा मुख्य रूपमा फुलानी र काम्बारी समुदायबीच भएको जनाएको छ।

नाइजेरियामा पछिल्ला वर्षहरूमा समुदायबीचको द्वन्द्व, सशस्त्र समूहको गतिविधि, अपहरण तथा चोरीका घटनाले सुरक्षा चुनौती बढाएको छ। विशेषगरी मध्य तथा उत्तर–पश्चिमी क्षेत्रमा गाईवस्तु चोरी गर्ने र अपहरणमा संलग्न सशस्त्र गिरोहहरूले स्थानीय समुदायमाथि आक्रमण, हत्या तथा लुटपाट गर्दै आएका छन्।

यसैबीच, उत्तर–पूर्वी नाइजेरियामा लामो समयदेखि विद्रोह गरिरहेका जिहादी समूहहरूले नाइजर राज्यमा समेत आफ्नो प्रभाव विस्तार गरेका छन्। उनीहरूले कतिपय स्थानीय आपराधिक समूहसँग सहकार्य गर्दै हिंसात्मक गतिविधि सञ्चालन गर्ने गरेको बताइएको छ।

गत मे महिनामा सेनासँग सहकार्य गर्ने एक मिलिसिया समूहले पछिल्लो झडप भएको क्षेत्रनजिकै करिब ४० जना फुलानी गोठालाको हत्या गरेको थियो। उनीहरूमाथि जिहादी समूह ‘अन्सारु’का लागि सुराकी गरेको आरोप लगाइएको थियो।

विशेषज्ञहरूका अनुसार फुलानी समुदायमाथि हुने यस्ता प्रतिशोधात्मक कारबाहीले उनीहरूमध्ये केहीलाई सुरक्षाका लागि जिहादी समूहमा आबद्ध हुन बाध्य पार्ने जोखिम बढाएको छ।

पछिल्लो झडपपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाको थप विवरण तथा क्षतिको यकिन विवरण संकलन भइरहेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ३ : २३ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा