काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान « Khabarhub

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

समारोहमा नेपालमा रहेका भारतीय समुदाय, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता रहेको थियो। 

कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’ गायनबाट गरिएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झण्डा फहराएका थिए भने भारतीय राष्ट्रिय गान बजाइएको थियो।

समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिभएको सम्बोधनसमेत प्रसारण गरिएको थियो।

कार्यक्रमका अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र सेनामा सेवा गर्दागर्दै मृत्यु भएका ११ जना सैनिकका विधवा तथा निकटतम हकदारलाई सम्मान गरेका थिए । उनीहरूलाई आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) अन्तर्गत कुल ८.२ करोड नेपाली रुपैयाँ बराबरको बीमा रकमका चेक हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।

स्वतन्त्रता दिवसका अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो। ‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो।

त्यस्तै, ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ।

दूतावासले नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। शैक्षिक सामग्रीमा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त पहल गरिएको दूतावासले जनाएको छ।

समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँग आबद्ध शिक्षक तथा विद्यार्थीले सांस्कृतिक प्रस्तुति तथा देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी भारतीय समुदाय तथा भारतका मित्रहरूले स्वतन्त्रता दिवसको उत्सवमा सहभागिता जनाएका थिए।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ३ : ३२ बजे

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम