म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला « Khabarhub

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

शनिबार आयोजित संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले उक्त भेला नयाँ पार्टी गठनका लागि आयोजना नगरिएको बताए। उनले समयअनुसार पार्टी र विचारलाई परिमार्जन गर्दै लैजान यस्ता भेला आवश्यक हुने धारणा राखे।

आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले अदालतबाट विपक्षमा निर्णय आए पनि सबै पक्षबीच छलफल गरेर पार्टीको आगामी नीति तय गरिने बताए।

नेता कोइरालाले पार्टीको आगामी महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरे। परिस्थिति सोचेअनुरूप अघि नबढेमा सम्बन्धित पक्षसँग थप छलफल गरेर आवश्यक निर्णय लिइने उनको भनाइ थियो।

वर्तमान सरकारप्रति टिप्पणी गर्दै नेता कोइरालाले बहुमत हुँदाहुँदै पनि सरकारले ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए। उनले वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिए।

उनले वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने सम्भावनालाई समेत राजनीतिमा नकार्न नसकिने बताए।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ४ : ३२ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक