जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण « Khabarhub

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस पुल निर्माण प्रक्रिया अघि बढेको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा सर्वसाधारणको सहज आवागमनका लागि पुल निर्माण सुरु गरिएको हो ।

पुल निर्माणका लागि चितवनस्थित जलप नेपाल प्रालिसँग गत मङ्सिर २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माण २४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार करिब रु आठ करोड १० लाखको लागतमा ५५ मिटर लामो ट्रस पुल निर्माण भइरहेको छ । 

आयोजनाको डुबान क्षेत्रमा पर्ने उक्त स्थानमा पुलको अभावमा वर्षायाममा खोला वारपार गर्न स्थानीयवासी तथा सर्वसाधारणलाई कठिनाइ हुँदै आएको थियो । पुल निर्माण सम्पन्न भएपछि फेदीखोलामा सहज र सुरक्षित रूपमा आवतजावत गर्न सकिनेछ । यसबाट दैनिक आवतजावत गर्ने स्थानीयवासीसँगै विद्यार्थी, कृषक तथा व्यवसायीलाई समेत प्रत्यक्ष लाभ पुग्ने आयोजना प्रमुख भण्डारीले बताए। 

निर्माणाधीन पुलले भिमाद बजारसहित ऋषिङपाटन, जलबिरे, वाङटाङीटार, लदन, आमडाँडा, टुटुवालगायत बस्तीलाई सडक सञ्जालमार्फत जोड्नेछ । पुल बनेपछि यी क्षेत्रका नागरिकलाई आवतजावतका लागि सहज वैकल्पिक मार्गसमेत उपलब्ध हुनेछ । यस्तै ऋषिङ गाउँपालिका–७ र ८ का पुरानो ऋषिङ, पल्ट्याङलगायत बस्तीका स्थानीयवासीलाई प्रत्यक्ष सुविधा पुग्नेछ ।

हाल खोलाका कारण आवतजावतमा हुने कठिनाइ हट्ने र भिमाद तथा ऋषिङ क्षेत्रबीचको यातायात सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ ।

आयोजना प्रमुख भण्डारीका अनुसार पुल निर्माणसँगै भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीच सडक पहुँच तथा यातायात सम्पर्कमा उल्लेखनीय सुधार हुनेछ । यसले स्थानीय बस्तीबीचको आवागमन सहज बनाउनुका साथै कृषि उपज तथा अन्य स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउनसमेत सहयोग पुग्नेछ ।

तनहुँ जलविद्युत् आयोजना निर्माणका क्रममा आयोजनाको डुबान क्षेत्रमा पर्ने विभिन्न स्थानमा पूर्वाधार विकास तथा स्थानीय आवश्यकताअनुसारका संरचना निर्माणलाई प्राथमिकता दिइएको आयोजना कार्यालयले जनाएको छ । फेदीखोलामा निर्माण भइरहेको पुल पनि सोही क्रममा स्थानीय बासिन्दाको आवागमनलाई सहज बनाउने उद्देश्यले अघि बढाइएको हो ।

पुल नहुँदा खोलाको अवस्था, मौसम तथा पानीको बहावअनुसार आवतजावत प्रभावित हुने गरेको थियो । विशेषगरी वर्षायाममा स्थानीयवासीले जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था रहेकोमा पुल निर्माणपछि उक्त समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ । 

पुलले भिमाद र ऋषिङ क्षेत्रका बस्तीलाई नजिक ल्याउनुका साथै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय तथा कृषि क्षेत्रमा पहुँच विस्तार गर्नसमेत सहयोग पुग्ने भण्डारीले बताए। 

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ५ : ११ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा