पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न « Khabarhub

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

उक्त बारको प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार मतदान सम्पन्न भएको छ । कूल एक हजार ५३३ मत खसेको छ । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका  थिए । विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम आजै आउने जनाइएको छ ।

बारमा नौ पदाधिकारीसहित १९ कार्यसमिति नयाँ कार्यसमिति चयन हुनेछ । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान तय भए पनि बीचमा सामान्य विवाद आएपछि आधा घण्टा थप गरिएको थियो ।

उक्त निर्वाचनमा वृहत प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा भएको छ । 

वृहत प्रगतिशील तथा पेशागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोखरेलले नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ६ : ०५ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक