काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल « Khabarhub

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ। एल्यान्ड रोडमा सोमबार राति सम्पन्न खेलमा लिड्सलाई जिताउन स्ट्राइकर डोमिनिक काल्भर्ट-लेविनले १ गोल गर्नुका साथै १ असिस्ट प्रदान गरे।

खेल अवधिभर न्युकासलको डिफेन्सलाई दबाबमा राखेका २९ वर्षीय काल्भर्ट-लेविनले दुई गोलको अवसर सिर्जना गरेका थिए। योसँगै उनले न्युकासलविरुद्ध आफ्नो व्यक्तिगत गोलसङ्ख्या ८ पुर्‍याएका छन्। खेलको अन्तिम समयमा उनी मैदानबाट बाहिरिँदा समर्थकले उभिएर स्वागत गरेका थिए।

फ्री-ट्रान्सफरमा लिड्स भित्रिएका काल्भर्ट-लेविनको प्रदर्शनपछि उनलाई इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पुनरागमन गराइने चर्चा सुरु भएको छ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा लिड्सका मुख्य प्रशिक्षक ड्यानियल फार्केले काल्भर्ट-लेविनको प्रशंसा गर्दै उनी जुनसुकै डिफेन्डरका लागि पनि चुनौतीपूर्ण खेलाडी भएको बताए। “उनी हाल उत्कृष्ट फिटनेस र उच्च आत्मविश्वासका साथ खेलिरहेका छन्। यदि यस्तै प्रदर्शन कायम रहे उनी प्रिमियर लिगकै उत्कृष्ट स्ट्राइकर साबित हुनेछन्,” फार्केले भने।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ६ : ४६ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२