काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल « Khabarhub

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ। एल्यान्ड रोडमा सोमबार राति सम्पन्न खेलमा लिड्सलाई जिताउन स्ट्राइकर डोमिनिक काल्भर्ट-लेविनले १ गोल गर्नुका साथै १ असिस्ट प्रदान गरे।

खेल अवधिभर न्युकासलको डिफेन्सलाई दबाबमा राखेका २९ वर्षीय काल्भर्ट-लेविनले दुई गोलको अवसर सिर्जना गरेका थिए। योसँगै उनले न्युकासलविरुद्ध आफ्नो व्यक्तिगत गोलसङ्ख्या ८ पुर्‍याएका छन्। खेलको अन्तिम समयमा उनी मैदानबाट बाहिरिँदा समर्थकले उभिएर स्वागत गरेका थिए।

फ्री-ट्रान्सफरमा लिड्स भित्रिएका काल्भर्ट-लेविनको प्रदर्शनपछि उनलाई इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पुनरागमन गराइने चर्चा सुरु भएको छ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा लिड्सका मुख्य प्रशिक्षक ड्यानियल फार्केले काल्भर्ट-लेविनको प्रशंसा गर्दै उनी जुनसुकै डिफेन्डरका लागि पनि चुनौतीपूर्ण खेलाडी भएको बताए। “उनी हाल उत्कृष्ट फिटनेस र उच्च आत्मविश्वासका साथ खेलिरहेका छन्। यदि यस्तै प्रदर्शन कायम रहे उनी प्रिमियर लिगकै उत्कृष्ट स्ट्राइकर साबित हुनेछन्,” फार्केले भने।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ६ : ४६ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर