उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग « Khabarhub

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही वस्तु महँगोमा खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
 
सांसद सुशीला ढकाल आचार्यले किसानले उत्पादनको उचित मूल्य नपाउने तर उपभोक्ताले महँगोमा वस्तु खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्न बजारमा हुने कृत्रिम मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताइन्।
 
यसैगरी, सांसद गणेश कार्कीले सांसदको गरिमा पहिरनबाट नभई कामबाट स्थापित हुने बताए। मुलुकको भविष्य परिवर्तन गर्ने जिम्मेवारी पाएका सांसद आफैँ पनि परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
 
सांसद राधिका रम्तेलले विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित बनाउन दीर्घकालीन डुबान नियन्त्रणका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले विगतमा वीरेन्द्रनगरमा भएको डुबानको घटना पुनःदोहोरिन नदिन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताइन्।
 
सांसद प्रभा कार्कीले खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ता मारमा परेको भन्दै आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्ने बताइन्।
 
सांसद बसुमाया तामाङले भोटेकोशी बाढीबाट धेरै नागरिक घरबारविहीन भएको उल्लेख गर्दै वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइन्। प्रभावितको सुरक्षित पुनःस्थापना तथा पुनर्वासका लागि विशेष पहल गर्न सरकारसँग उनले आग्रह गरिन्।
 
सांसद डा आनन्दबहादुर चन्दले कृत्रिम बौद्धिकता (एआई) का विषयमा नेपालमा पर्याप्त अनुसन्धान हुन नसकेको बताउँदै यसलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयमा एआईसम्बन्धी विषयको अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
 
सांसद गोविन्द पन्थीले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको शव फेला नपरेका कारण प्रमाणको अभावमा मृत्यु घोषणा गर्न नसक्दा पीडित परिवारले विभिन्न समस्या भोग्नुपर्ने अवस्था आउनसक्ने बताए।
  
सांसद बुद्धिप्रसाद पन्थले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको भन्दै आर्थिक समस्या समाधानसँगै पारदर्शिता र जवाफदेहिता कायम गर्न आवश्यक रहेको बताए।
 
सांसद ललिताकुमारीले वातावरणमैत्री पूर्वाधार विकासमा जोड दिइन्। मधेसमा जलवायु परिवर्तनका असर दैनिक जनजीवनमै देखिन थालेको उल्लेख गर्दै विकास निर्माणका कामलाई वातावरणमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
 
सांसद सोम शर्माले जेन-जी आन्दोलनमा संलग्न व्यक्तिहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ५ : ४५ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त