डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित  « Khabarhub

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान चिन्तित बनेका छन्।

व्यावसायिक रूपमा लगाइएको गोलभेँडामा डढुवा तथा बोट सुक्ने रोगको संक्रमण फैलिएर फूल, चिचिला र फलसँगै बोट नै नष्ट हुन थालेपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उन्याचौरका कम्तीमा १२ देखि १५ वटा प्लास्टिक टनेलमा डढुवा रोगको संक्रमण फैलिएको किसानहरूले बताएका छन् । 

गाउँका २० भन्दा बढी किसानले लगाएको गोलभेँडामा रोग देखिएको हो । फल लागिसकेको तथा फल्ने तयारीमा रहेको अवस्थामा रोगले बोट सुकाउन थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

तरकारीखेतीबाटै जीविकोपार्जन गर्दै आएका किसानका लागि गोलभेँडा आम्दानीको प्रमुख स्रोत हो। यस वर्ष रोगका कारण उत्पादन घट्ने भएपछि उनीहरूको आम्दानीमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ ।

मेहनतको बाली सखाप हुने चिन्ता 

स्थानीय कृषक फुलमाया सार्कीले करिब पाँच रोपनी भाडाको जमिनमा गोलभेडाखेती गरेकी छन्। उनले १० वटा प्लास्टिक टनेलमा गोलभेँडा लगाएकी थिइन्।

दशैँ–तिहारलाई लक्षित गरी बजारमा पुर्‍याउने तयारी गरिएको पहिलो लटको पाँचवटा टनेलमा डढुवा फैलिएको उनले बताइन् ।

‘मेहनत गरेर रोपेको बालीको फल भित्र्याउन नपाउँदा साह्रै दुःख लागेको छ। डढुवा रोगले लगाएको सबै गोलभेँडा सखाप पार्न थालेको छ,’ उनले भनिन् ।

उनका अनुसार रोग नियन्त्रणका लागि पटक–पटक औषधि प्रयोग गरे पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । गोलभेडाका चिचिला सुक्न थालेका छन् भने फूल र फलसमेत नष्ट हुँदै गएको छ।

एक मौसममै लाखौँको कारोबार प्रभावित

किसान फुलमायाका अनुसार सामान्य अवस्थामा एक मौसममा उन्याचौरबाट ३/४ लाख रुपैयाँ बराबरको गोलभेँडा बिक्री गर्ने गरेको बताइन् । 

तर यस वर्ष डढुवा रोगका कारण उत्पादनमा ठूलो गिरावट आउने अवस्था देखिएको उनको भनाइ छ।

‘एक मौसममा लाखौंरुपैयाँको गोलभेँडा बिक्री गर्ने गरेको भए पनि यो वर्ष डढुवा रोगले बारीको सबै गोलभेँडा सखाप पार्ने संकेत देखिएको छ। गोलभेडाका चिचिला नै सुक्न थालेका छन्,’उनले भने ।

मौसमले थप समस्या

स्थानीय किसानका अनुसार पछिल्लो समय दिनभर घाम लाग्ने र राति पानी पर्ने क्रमका कारण गोलभेँडामा रोगको संक्रमण बढेको हो । 

कृषि विज्ञहरूका अनुसार टनेलभित्र अत्यधिक गर्मी, चिसो तथा बढी चिस्यानका कारण ढुसीजन्य रोगको संक्रमण बढ्न सक्छ ।

समयमै रोग पहिचान गरी आवश्यक औषधि तथा कृषि प्राविधिकको सल्लाहअनुसार व्यवस्थापन गर्न नसके अझै धेरै टनेलमा रोग फैलिन सक्ने किसानहरूको चिन्ता छ । 

रोग नियन्त्रणका लागि सम्बन्धित निकायबाट प्राविधिक सहयोग र आवश्यक परामर्श उपलब्ध गराउन किसानहरूले माग गरेका छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ६ : १४ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको