एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित « Khabarhub

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर मूल्यमा आएको गिरावटसँगै मङ्गलबार विश्वका प्रमुख सेयर बजारमा दबाब देखिएको छ।

युरोपको फ्रान्सेली सिएसी ४०, जर्मनीको ड्याक्स र बेलायतको एफटिएसई १०० सूचकाङ्क प्रारम्भिक कारोबारमै करिब शून्य दशमलव आठ प्रतिशतले घटेका छन्। अमेरिकी बजारमा पनि डाउ फ्युचर्स र एस एन्ड पी ५०० फ्युचर्स क्रमशः शून्य दशमलव सात र शून्य दशमलव छ प्रतिशतले घटेका छन्।

एसियाली बजारमा पनि दबाब देखिएको छ। जापानको निक्केई २२५ अन्ततः शून्य दशमलव एक प्रतिशतभन्दा कमले घटेर बन्द भएको छ। अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २००, दक्षिण कोरियाको कोस्पी, हङकङको ह्याङ सेङ र चीनको साङ्घाई कम्पोजिट पनि घटेका छन्। यद्यपि, एआई कम्पनी ओपनएआईमा ठूलो लगानी रहेको जापानको सफ्टबैङ्क ग्रुपको सेयर भने ७ दशमलव ५ प्रतिशतले बढेको छ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले कम्पनीले वाल स्ट्रिटमा सेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताएपछि एआई क्षेत्रको बजार दबाब थप बढेको हो। यसले सफ्टबैङ्कसहित ओपनएआईका प्रारम्भिक लगानीकर्ताले ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ।

एआई प्रविधिप्रतिको अत्यधिक उत्साहका कारण यस क्षेत्रका कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा बढेको हुनसक्ने चिन्ता पनि लगानीकर्ताबीच बढेको छ। एआई विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने आवाजसमेत उठ्न थालेको छ।

यसैबीच, एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासमा जानाजानी र विश्वव्यापी रूपमा केही सुस्तता ल्याउनुपर्ने धारणा व्यक्त गरे । अमेरिकी तथा चिनियाँ कम्पनीबीचको तीव्र प्रतिस्पर्धाका कारण एआई विकासको गति समन्वयात्मक रूपमा सुस्त हुने सम्भावना भने अझै अनिश्चित रहेको विश्लेषकहरूले बताएका छन्।

तेलको मूल्यमा वृद्धि

विश्व बजारमा कच्चा तेलको मूल्य भने बढेको छ। अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य २ दशमलव १९ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ दशमलव ६१ डलर पुगेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य पनि २ दशमलव १३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ दशमलव ९३ डलर पुगेको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध कायम रहेकाले मूल्य बढेको हो। साउदी अरबको महत्त्वपूर्ण तेल पाइपलाइन गत साता भएको आक्रमणपछि केही हप्तासम्म अधिकांश समय बन्द रहने अधिकारीहरूले बताएका छन्।

यसैगरी, स्ट्रेट अफ होर्मुजमा इरानी आक्रमणका कारण तेल ट्याङ्करको आवागमन प्रभावित हुँदा विश्वव्यापी तेल आपूर्तिप्रति थप चिन्ता बढेको छ। मुद्रा बजारमा अमेरिकी डलर १५४ दशमलव ३० येनबाट बढेर १५४ दशमलव ९९ येन पुगेको छ भने युरोको मूल्य १ दशमलव १५५७ डलरबाट घटेर १ दशमलव १५३३ डलरमा झरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ९ : ०९ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर