पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते « Khabarhub

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षक गरी २९ जनाको मृत्यु भएको छ । घटनामा ५० भन्दा बढी घाइते भएका छन् ।

अस्पतालका प्रवक्ता मोहम्मद असीमका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । मृतक बालबालिकामध्ये छ जना बालिका छन् । घाइते तथा मृतक सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए । घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको थियो ।

तीनतले उक्त विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म करिब एक हजार २०० विद्यार्थी अध्ययनरत थिए । घाइते शिक्षिका महविश जमानका अनुसार विद्यार्थी कक्षाकोठामा रहेका बेला छत खसेको थियो । दुर्घटनापछि आफूलाई आकाशै खसेजस्तो लागेको र पछि अस्पतालमा होस खुलेको उनले बताइन् ।

घटनालगत्तै स्थानीय बासिन्दा र उद्धारकर्मी घटनास्थल पुगेका थिए । स्थानीय सामिउल्लाह खानले तीन बालिकाको उद्धारमा सहयोग गरेको बताए । उनका छोरा भने पानी पिउन कक्षाबाट बाहिर निस्किएका कारण जोगिएका थिए ।

दुर्घटनापछि घटनास्थल र अस्पतालमा अभिभावकको भीड लागेको थियो । उनीहरूले आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी मागेका थिए । उद्धारकर्मीले भग्नावशेषमा फसेका सबैलाई बाहिर निकालेपछि भग्नावशेष हटाउने काम सुरु गरेका थिए ।

पेसावरका प्रहरी प्रमुख सईद अहमदका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ । विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको र भवन संरचनात्मक रूपमा कमजोर रहेको उनले बताए । छत खस्नुको कारण पत्ता लगाउन प्रान्तीय सरकारले छानबिन समिति गठन गरेको छ ।

घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । राष्ट्रपति जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न तथा विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भए–नभएको सुनिश्चित गर्न आग्रह गरेका छन् ।

यसअघि जुलाईमा लाहोरमा निर्माणाधीन शिक्षण केन्द्रको छत खस्दा चार विद्यार्थीको मृत्यु भएको थियो । पाकिस्तानमा निर्माण मापदण्डको कमजोर कार्यान्वयन, गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र सुरक्षा नियमको बेवास्ताका कारण भवन भत्किने घटना दोहोरिने गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  २ : १३ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा