काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी « Khabarhub

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

काठमाडौँ महानगरपालिका–२८ स्थित रानीपोखरीभित्र अन्दाजी ३५ देखि ४० वर्षका पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।

स्थानीयले रानीपोखरीमा शव तैरिरहेको सूचना दिएलगत्तै नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको विपद् उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक उद्धार सामग्रीको प्रयोग गरी शवलाई बाहिर निकालेको हो।

मृतकको पहिचान अझै खुल्न सकेको छैन। उद्धारपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ३ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा