बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण « Khabarhub

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न सङ्कट हुन नदिन पालिका र सरोकार भएका निकायको सक्रियतामा राहत पुर्‍याइएको हो ।

बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्‍याउनुका साथै सडक र पुलसमेत बगाएपछि ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो । 

गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्‍याएर स्थानीय सबै घरधुरीलाई आवश्यकता अनुसार न्यायोचित रूपमा वितरण गरिसकिएको छ । 

सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको यस क्षेत्रका सबै बासिन्दाले गाउँमै खाद्यान्न पाएपछि ढुक्क भएका छन् ।

सडक सञ्जाल पुनः सञ्चालन नहुँदासम्मका लागि यो ढुवानीले लाङटाङका सम्पूर्ण परिवारको दैनिक जीविकोपार्जनमा ठूलो राहत मिलेको वडा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ६ : २३ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका