छठले प्रकृतिप्रतिको सम्मान र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ : सभापति थापा « Khabarhub

छठले प्रकृतिप्रतिको सम्मान र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ : सभापति थापा


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गरोस् भनी कामना गरेका हुन् ।

छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै उनले ऋग्वेदमा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको सुन्दर स्तुति गरिएको स्मरण गरेका छन् । सन्देशमा उनले भनेका छन्, “वैदिक परम्परामा उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ ।”

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने सभापति थापाको विश्वास छ । उनले छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्ने शुभकामना समेत दिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ७ : ३७ बजे

छठ महापर्व नेपाली समाजको सांस्कृतिक अनुष्ठान हो : उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता,

सुशासन र समृद्धि प्राप्तिमा छठी माताको कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय,

छठले प्रकृतिप्रतिको सम्मान र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ : सभापति थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको पावन

एनपीएल : आज चितवन र कर्णाली, काठमाडाैँ र पोखरा भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर