कोप-३१ मा हिमाली र महासागरका मुद्दालाई प्राथमिकता दिन आग्रह « Khabarhub

कोप-३१ मा हिमाली र महासागरका मुद्दालाई प्राथमिकता दिन आग्रह


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व १४ नोभेम्बरदेखि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्हालेकी छन् ।

नेतृत्व सम्हालेसँगै उनले नेपालको जलवायु प्राथमिकताका विषयलाई अघि बढाउने क्रममा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा मन्त्री चौधरीले ३ वटा मुख्य विषयलाई प्राथमिकताका साथ उठाएकी छन् । उनले महासागरसम्बन्धी मुद्दालाई कोपको छलफलमा थप महत्त्व दिन, नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली मुद्दालाई प्राथमिकता दिनुपर्ने विषय उठाएकी छन्  । 

उनले यो मुद्यामा निष्कर्षमा पुर्‍याउन निरन्तर संवाद र सहकार्य गर्न आग्रह गरिन् । साथै, कोप–३१ को अन्तिम दस्ताबेजमा पनि हिमालसम्बन्धी विषय समावेश गर्नुपर्नेमा जोड दिइन् ।

कोपमा विभिन्न जलवायु मुद्दामाथि छलफलमा माउन्टेन एजेन्डा ओझेलमा पर्न नहुने मन्त्री चौधरीको भनाइ थियो । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई कोपको छलफल तथा निर्णय प्रक्रियामा उचित प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । 

साथै, हिमालसम्बन्धी विषयलाई कोप–३१ को अन्तिम मस्यौदा दस्ताबेजमा समावेश गर्नुपर्ने धारणा राखिन्  मन्त्री चौधरीले उठाएका यी विषयमा कोप अध्यक्षले सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  १० : ३७ बजे

हेटौँडा र मकवानपुरको विकासबारे सभामुखको छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री

कोप-३१ मा हिमाली र महासागरका मुद्दालाई प्राथमिकता दिन आग्रह

काठमाडौं– टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनः रोपण सुरु (तस्बिरहरु)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको

छठः गुह्येश्वरी र गौरीघाटलाई दुलहीझै सिँगारिए

काठमाडौँ– अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउन

छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : सभापति थापा

ललितपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान,