सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा « Khabarhub

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार १२ वटा स्वास्थ्य केन्द्रलाई बीपी सेट, स्टेथोस्कोप र मेडिकल झोलालगायत उपकरण हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका हुन् ।

उनले नगरपालिकाले २४ वटै वडाका स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यकर्मीलाई घरघरमै पठाउने व्यवस्था मिलाइएको बताए । सुत्केरी भएको ४२ दिनभित्र स्वास्थ्यकर्मीहरूले २४ घण्टा, तीन दिन, सात दिन र ४२ दिनमा गरी चारपटक घरमै पुगेर जाँच गर्ने व्यवस्था गरिएको छ ।

विशेषगरी यातायातको पहुँच नभएका र ग्रामीण भेगका महिलालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

उनले भने, ‘कुनै पनि आमा वा शिशुले उपचार र परामर्शको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो । विशेषगरी ग्रामीण भेगका आर्थिक रूपमा विपन्न र यातायातको पहुँच नभएका महिलाहरूलाई लक्षित गरेरे कार्यक्रम सुरु गरेका हौँ ।’

नगरपालिकाले विगत ४ वर्षदेखि हरेक महिनाको २२ गते २४ वटै वडामा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज’ समेत वितरण गर्दै आएको छ ।

स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार स्वास्थ्यकर्मीहरूले केवल स्वास्थ्य जाँच मात्र नगरी सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानी र खानपानबारे पनि परामर्श दिनेछन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ३५ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार