कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना « Khabarhub

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको भन्दै कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई दिएका छन्।

उनले साना दलको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात कांग्रेसबाट भएको भन्दै गगन टिमलाई बधाई दिएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना ।’

गगन थापा र यो टिमले गरेको कामले अन्य दलको पुनर्संरचनामा बल पुग्ने विश्वास व्यक्त गर्दै भट्टाईले वैकल्पिक राजनीतिक शक्तिसँग प्रतिस्पर्धा र सहकार्य गर्दै अगाडि बढ्न अनुरोध गरेका छन्।

‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरु र पुनर्संरचित दलहरू वीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना’, उनले फेसबुकमा थप लेखेका छन्।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ४५ बजे

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा