माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ? « Khabarhub

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?



काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको एक प्रमुख पर्व हो। हरेक वर्ष माघ १ गते मनाइने यो पर्वले पुस महिनाको कठ्यांग्रिँदो जाडोको अन्त्य र माघ महिनाको सुरुवातसँगै सूर्य उत्तरायण प्रवेश गरेको संकेत गर्छ। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । माघ १ गते बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

धार्मिक मान्यताअनुसार माघे सङ्क्रान्तिको दिन पवित्र नदी, ताल वा तीर्थस्थलमा स्नान गर्नाले शरीर मात्र होइन, आत्मा पनि शुद्ध हुने विश्वास छ। बागमती, नारायणी, कालीगण्डकी, कोशीलगायतका नदीकिनारमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ। यस दिन दान-पुण्य गर्नु विशेष फलदायी मानिन्छ।

माघ १ गते बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

अन्न, कपडा, पैसा वा खाद्य सामग्री दान गर्दा पुण्य प्राप्त हुने र जीवनमा सुख-समृद्धि आउने जनविश्वास रहिआएको छ। यही कारणले माघे सङ्क्रान्ति आत्मशुद्धि, त्याग र सद्भावको पर्वका रूपमा पनि चिनिन्छ।

माघे सङ्क्रान्तिसँगै जोडिएको अर्को महत्त्वपूर्ण पक्ष भनेको परम्परागत खानपान हो।

जाडो मौसममा शरीरलाई न्यानो र ऊर्जाशील बनाउन सहयोग गर्ने खाद्य परिकार विशेष रूपमा खाने चलन छ। तिल, चाकु, घ्यू, तरुल, सखरखण्ड, भ्याकुर, खिचडीजस्ता परिकार माघे सङ्क्रान्तिको पहिचान बनेका छन्। तिल र चाकु शरीरका लागि न्यानो मानिने भएकाले जाडोबाट जोगिन मद्दत गर्ने विश्वास छ।

सांस्कृतिक दृष्टिले हेर्दा माघे सङ्क्रान्ति नेपालको विविध समुदायले आ-आफ्नै शैलीमा मनाउने पर्व हो। विशेषगरी थारु समुदायमा यसलाई माघी का रूपमा नयाँ वर्षको रुपमा मनाइन्छ। माघीको अवसरमा थारु समुदायमा घरपरिवार, समाज र गाउँस्तरमा विशेष कार्यक्रम आयोजना गरिन्छ। यस दिन नयाँ कामको सुरुवात, घरको निर्णय, ऋण–सोधभर्ना तथा श्रम सम्झौता नवीकरण गर्ने चलन पनि थारु संस्कृतिमा देखिन्छ। यसले माघे सङ्क्रान्तिलाई केवल धार्मिक पर्व नभई सामाजिक व्यवस्थापनसँग जोडिएको महत्त्वपूर्ण दिन बनाएको छ।

तिल, चाकु, घ्यू, तरुल, सखरखण्ड, भ्याकुर, खिचडीजस्ता परिकार माघे सङ्क्रान्तिको पहिचान बनेका छन्। तिल र चाकु शरीरका लागि न्यानो मानिने भएकाले जाडोबाट जोगिन मद्दत गर्ने विश्वास छ।

माघे सङ्क्रान्तिलाई मगर समुदायमा तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरको संक्रान्ति अधुरो हुने भएकोले संक्रान्ती अघि नै जंगल बाट वन तरुल खनेर ल्याउने र संक्रान्तिको अघिल्लो रात वन तरुल पकाउछ्न् ।
घरमा पुरुषले धनुष बाणले तारो हान्दै पर्वमा रौनकता थाप्छ्न। काठको फल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउदै तारो हन्छन् र तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ बधाई दिइन्छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
माघे सङ्क्रान्ति केवल मौसम परिवर्तनको संकेत मात्र होइन, यो आत्मशुद्धि, स्वास्थ्य, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। यसले मानिसलाई प्रकृतिसँग नजिक बनाउँछ, परिवार र समाजसँगको सम्बन्ध मजबुत बनाउँछ र जीवनलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रेरणा दिन्छ। यही कारणले माघे सङ्क्रान्ति नेपाली समाजमा पुस्तौँदेखि सम्मानका साथ मनाइँदै आएको छ र भविष्यमा पनि यसको महत्व अझै गहिरिँदै जाने विश्वास गर्न सकिन्छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ८ : २१ बजे

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

महाबौद्ध, दरबार स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्र व्यवस्थापन तीव्र

काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि