थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो « Khabarhub

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार एउटा क्रेन यात्रुवाहक रेलमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको अधिकारीले बताएका छन्।

राजधानी बैङ्ककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताले क्षतिग्रस्त रेलका डिब्बामा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।

थाइल्यान्डमा कार्यरत सबैभन्दा ठूलो निर्माण फर्महरू मध्ये एक ‘इटालियन-थाई डेभलपमेन्टल कम्पनी’ ले दुर्घटनाग्रस्तस्थलमा उच्च गतिको रेलको खण्ड निर्माण गर्ने सम्झौता गरेको थियो । कम्पनीले हालैका वर्षहरूमा यसको निर्माणस्थलमा धेरै घातक दुर्घटनाहरू व्यहोरेको छ।

कम्पनीले मृतक र दर्जनौँ घाइतेप्रति समवेदना व्यक्त गर्दै पीडितका परिवारलाई क्षतिपूर्ति दिने र उपचार खर्च बेहोर्ने बताएको छ ।

थाई स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझसम्ममा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जना हराइरहेका छन् । घटनामा परी घाइते भएका ६४ जनालाई अस्पताल भर्ना गरिएको छ ।

दुई वटा ठूलो विस्फोटको आवाज सुनेपछि आफू घटनास्थलमा गएको र तीन डिब्बा भएको रेलमा क्रेन खसेको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले बताए ।

“क्रेन खस्दा यसबाट निस्केको धातु रेलको दोस्रो डिब्बाको बीचमा ठोक्किएको र आधा टुक्रा भएको देखिन्छ,” ५४ वर्षीय उनले एएफपीलाई बताए ।

थाइल्यान्डमा उच्च गतिको रेल सञ्जाल निर्माण गर्न चीनले सहयोग गरेको पाँच अर्ब डलरभन्दा बढी लगानीको परियोजनाको हिस्सा रहेको निर्माण स्थलमा दुर्घटना भएको हो ।

बेइजिङको विशाल बेल्ट एन्ड रोड पूर्वाधार पहलअन्तर्गत सन् २०२८ सम्ममा बैङ्ककलाई लाओस हुँदै चीनको कुनमिङसम्म जोड्ने लक्ष्य राखिएको छ ।

परियोजनाका सल्लाहकार इन्जिनियरिङ परामर्शदाता थिराचोटे रुजिविफाटले एएफपीसँग भने, “क्रेन खस्नुमा इटालियन–थाई डेभलपमेन्ट जिम्मेवार रहेको बताउनुभयो ।”

थाइल्यान्डको सरकारी रेल सञ्चालक निकायले १५ दिनभित्र सत्यतथ्य खोज गर्न समिति गठन गर्ने र ‘दोषीहरूलाई कानुनको पूर्ण दाएरामा ल्याइने बताएको छ।

रेल सञ्चालकले अनुसन्धान पूरा नभएसम्म इटालियन-थाईलाई निर्माण कार्य रोक्न आदेश दिएको पनि बताएको छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ८ : ४७ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा