काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस विभाजन भएकाले आफूहरूलाई धेरै सजिलो भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस फुट्दा आफूहरूलाई धेरै सजिलो भए पनि खुसी भने नरहेको दाबी गरे ।
सरकारको एमाले विभाजन गर्ने चाहना पूरा नभएपछि ग्राण्ड डिजाइनबाट कांग्रेस फुटाइएको बस्नेतको दाबी छ ।
‘प्रमुख प्रतिस्पर्धी दल फुटेको कारण हामीलाई धेरै सजिलो भएको छ। तर हामी खुसी छैनौँ। यो ग्राण्ड डिजाइनबाट विभाजन गराइएको हो,’ उनले भने ।
कांग्रेसको विभाजन नेपालको लोकतान्त्रिक र राष्ट्रियताको आन्दोलनमा दुःखद भएको उनले बताए ।
एमाले सचिव बस्नेतले अहिलेको राजनीति एमाले अध्यक्ष केपी शर्मा ओलीकै वरिपरी घुमिरहेको पनि दाबी गरे ।













प्रतिक्रिया