कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत « Khabarhub

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस विभाजन भएकाले आफूहरूलाई धेरै सजिलो भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस फुट्दा आफूहरूलाई धेरै सजिलो भए पनि खुसी भने नरहेको दाबी गरे ।

सरकारको एमाले विभाजन गर्ने चाहना पूरा नभएपछि ग्राण्ड डिजाइनबाट कांग्रेस फुटाइएको बस्नेतको दाबी छ ।

‘प्रमुख प्रतिस्पर्धी दल फुटेको कारण हामीलाई धेरै सजिलो भएको छ। तर हामी खुसी छैनौँ। यो ग्राण्ड डिजाइनबाट विभाजन गराइएको हो,’ उनले भने ।

कांग्रेसको विभाजन नेपालको लोकतान्त्रिक र राष्ट्रियताको आन्दोलनमा दुःखद भएको उनले बताए ।

एमाले सचिव बस्नेतले अहिलेको राजनीति एमाले अध्यक्ष केपी शर्मा ओलीकै वरिपरी घुमिरहेको पनि दाबी गरे ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ०२ बजे

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब