सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित « Khabarhub

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष (आव) मा पनि सरकारको पुँजीगत खर्चमा सुधार हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको अर्धवार्षिक अवधिमा सरकारको पुँजीगत खर्च कुल लक्ष्यको तुलनामा गत आवको भन्दा पनि कमजोर बनेर १२.१२ प्रतिशतमा सीमित हुन पुगेको छ ।

जबकी गत आवको अर्धवार्षिक अवधिमा सरकारले १६.१६ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।

चालु आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य तय गरेको थियो । जसमा समीक्षा अवधिसम्म ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

तर, समीक्षा अवधिमा सरकारको चालु खर्च भने ४ खर्ब ८७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ अर्थात् कुल वार्षिक लक्ष्यको ४१.२५ प्रतिशत भएको छ । साथै, सो अवधिमा वित्तीय व्यवस्था तर्फको खर्च १ खर्ब ५३ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ भएको कार्यालयले जनाएको छ ।

गत आवको अर्धवार्षिक अवधिमा सरकारले कुल लक्ष्यको ३५.८९ प्रतिशत खर्च गरेको थियो ।

सरकारले खर्च जस्तै आफ्नो आम्दानीमा पनि सुधार गर्न नसकेको देखिएको छ । गत आवको अर्धवार्षिक अवधिमा सरकारले तोकिएको लक्ष्यमा ३९.६ प्रतिशत आम्दानी गरेकोमा चालु आवमा भने तोकिएको लक्ष्यमा ३८.३८ प्रतिशत मात्रै गरेको कार्यालयले जनाएको छ ।

सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म जम्मा ५ खर्ब ८८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ४८ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर