शेखरको दाबी : कांग्रेस फुटाउन राजधानीकेन्द्रित षड्यन्त्र भयो, अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय भए « Khabarhub

शेखरको दाबी : कांग्रेस फुटाउन राजधानीकेन्द्रित षड्यन्त्र भयो, अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय भए


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय रहेको संकेत गरेका छन् ।

बिहीबार जारी गरेको वक्तव्यमा डा. कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने ‘भागिरथ प्रयास’ सफल हुन नसकेको स्वीकार गरेका छन् ।

उनले राजधानी केन्द्रित षड्यन्त्रका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तानाबाना बुन्ने काम भएको दाबी गरेका छन् ।

उनले यस्ता गतिविधिले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिने प्रयास असफल भएको उल्लेख गरेका छन् ।

पार्टीभित्र देखिएका दृश्य र अदृश्य अन्तरविरोध, बाह्य हस्तक्षेप र आन्तरिक कमजोरीका कारण कांग्रेस कठिन परिस्थितिबाट गुज्रिन पुगेको उनले बताएका छन्। यद्यपि, उनले दोषी–निर्दोष छुट्याएर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन आफू इच्छुक नरहेको स्पष्ट पारेका छन् ।

डा. कोइरालाले पछिल्ला घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासले नै गर्ने बताएका छन् ।

यस कठिन घडीमा उनले महामानव नेता बीपी कोइरालाको स्मरण गर्दै, पार्टीभित्र विभाजन र साथ छोड्ने प्रवृत्तिलाई विपीले ‘नियतिको खेल’ का रूपमा बुझ्ने गरेको उल्लेख गरेका छन् ।

कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नु नियतिको कठोर सत्य भए पनि अब आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने जिम्मेवारी सबैको काँधमा आएको उनको भनाइ छ । उनले संगठनात्मक उर्जा प्रस्फुटन बिना यो दायित्व पूरा हुन नसक्ने बताएका छन् ।

आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै डा. कोइरालाले पार्टी आम कार्यकर्ताले निर्माण गरेको साझा संस्था भएको उल्लेख गर्दै, अग्रज नेताहरूको मार्गदर्शन र शहिदहरूको बलिदानबाट प्रेरणा लिएर जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।

पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने उल्लेख गर्दै उनले सबै धारका नेता तथा कार्यकर्तालाई ‘घर फर्कौं, कांग्रेसमा फर्कौं’ भनेर आह्वान गरेका छन् ।

वक्तव्यका मुख्य ७ बुँदा:

  1. कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास असफल भएको स्वीकार, दोषारोपणमा नजाने स्पष्ट सन्देश।
  2. पार्टी कमजोर पार्न राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्र सक्रिय रहेको आरोप।
  3. आन्तरिक र बाह्य अन्तरविरोधका कारण कांग्रेस एकढिक्का भएर निर्वाचनमा जान नसकेको निष्कर्ष।
  4. पछिल्ला घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिका मूल्यांकन इतिहासमा सुम्पने भनाइ।
  5. कठिन घडीमा बीपी कोइरालाको विचार, संघर्ष र ‘नियति’ को दर्शन स्मरण गर्नुपर्ने जोड।
  6. आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउन आसन्न निर्वाचनमा एकता अपरिहार्य रहेको आह्वान।
  7. ‘घर फर्कौं, कांग्रेसमा फर्कौं’ भन्दै सबै धार र कार्यकर्तालाई पुनः एकतामा आउन आग्रह।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ५४ बजे

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल