अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था « Khabarhub

अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका सम्बन्धमा नयाँ कार्यविधि पारित गरेको छ ।

पुस ३० गते बाट लागु भएको ‘चलचित्र जाँच तथा वर्गीकरण कार्यविधि, २०८२’मा सेन्सरका नाम बोर्डले दृश्य र संवादमा कैँची पाउने अधिकारलाई निष्क्रिय पारिएको छ ।

अब भने फिल्मका सेन्सर बोर्डले कुन समूहका दर्शकले हेर्न पाउने वर्गीकरण मात्रै गर्नेछ ।

सेन्सर बोर्डका सदस्य कुँबेर गिरी भन्छन्, ‘अब फिल्महरुका दृश्य र संवादमा सेन्सर बोर्डले कैँची चलाउँदैन । वर्गीकरण गरेर कुन उमेर समूहका दर्शकले हेर्न पाउने हो त्यो छुट्याउँछ ।’

सेन्सर बोर्डको बैठक

गिरीका अनुसार नयाँ कार्यविधि चाँडै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा सार्वजनिक हुनेछ ।

गत पुस देखि लागु भएको ‘चलचित्र जाँच सम्बन्धि कार्यविधि २०८२’ को सातौं बुँदालाई लिएर मेकरहरको असन्तुष्टि पनि नयाँ कार्यविधिले सम्बोधन गरेको छ।

उक्त बुँदामा ‘चलचित्र महोत्सवमा सहभागी हुने फिल्महरुले सेन्सर अनिवार्य गराउनु पर्ने’ उल्लेख गरिएपछि मेकहरु असन्तुष्ट बनेका थिए ।

सदस्य गिरी भन्छन्, ‘नयाँ कार्यविधिले यो कुरालाई पनि सम्बोधन गर्छ । मेकरहरुको असन्तुष्टि सम्बोधन भएको छ । म बोर्ड सदस्य भएर आएदेखिनै फिल्मको सेन्सर सहज भएको छ । सुरुदेखिनै फिलमको काँटछाट भन्दा पनि वर्गीकरणमा जोड दिँदै आएको थिए । अब यो लागू हुने चरणमा पुग्यो ।’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ५७ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक