अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था « Khabarhub

अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका सम्बन्धमा नयाँ कार्यविधि पारित गरेको छ ।

पुस ३० गते बाट लागु भएको ‘चलचित्र जाँच तथा वर्गीकरण कार्यविधि, २०८२’मा सेन्सरका नाम बोर्डले दृश्य र संवादमा कैँची पाउने अधिकारलाई निष्क्रिय पारिएको छ ।

अब भने फिल्मका सेन्सर बोर्डले कुन समूहका दर्शकले हेर्न पाउने वर्गीकरण मात्रै गर्नेछ ।

सेन्सर बोर्डका सदस्य कुँबेर गिरी भन्छन्, ‘अब फिल्महरुका दृश्य र संवादमा सेन्सर बोर्डले कैँची चलाउँदैन । वर्गीकरण गरेर कुन उमेर समूहका दर्शकले हेर्न पाउने हो त्यो छुट्याउँछ ।’

सेन्सर बोर्डको बैठक

गिरीका अनुसार नयाँ कार्यविधि चाँडै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा सार्वजनिक हुनेछ ।

गत पुस देखि लागु भएको ‘चलचित्र जाँच सम्बन्धि कार्यविधि २०८२’ को सातौं बुँदालाई लिएर मेकरहरको असन्तुष्टि पनि नयाँ कार्यविधिले सम्बोधन गरेको छ।

उक्त बुँदामा ‘चलचित्र महोत्सवमा सहभागी हुने फिल्महरुले सेन्सर अनिवार्य गराउनु पर्ने’ उल्लेख गरिएपछि मेकहरु असन्तुष्ट बनेका थिए ।

सदस्य गिरी भन्छन्, ‘नयाँ कार्यविधिले यो कुरालाई पनि सम्बोधन गर्छ । मेकरहरुको असन्तुष्टि सम्बोधन भएको छ । म बोर्ड सदस्य भएर आएदेखिनै फिल्मको सेन्सर सहज भएको छ । सुरुदेखिनै फिलमको काँटछाट भन्दा पनि वर्गीकरणमा जोड दिँदै आएको थिए । अब यो लागू हुने चरणमा पुग्यो ।’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ५७ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको