गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर « Khabarhub

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने निर्णय गरेको छ।

बिहीबार ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको अध्यक्षतामा घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेकाअनुसार प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठनको निर्णय पनि गरेको छ।

यो बैठकमा पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय पनि भएको छ।

त्यसका लागि एउटा टोलीलाई निर्वाचन आयोगमा पठाएर समानुपातिक उम्मेदवारको सूची संशोधन गर्ने विषयमा पनि कुरा भएको उनले बताएका छन् ।

बिहीबार बिहान ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सकिएको चार दिन लामो दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको छ।

उता विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई उपसभापतिमा चयन गरेको छ। प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीमा चयन गरिएको छ।

डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदयशमशेर जबरा, मुक्ताकुमारी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा कार्यसमितिका सह-महामन्त्री भएका छन् ।

उता बुधबार दिउँसो सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आयोजक गगन, विश्वप्रकाश र सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासित गरेको छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : १२ बजे

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को