केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश « Khabarhub

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका छन् ।

बिहीबार ललितपुरको कुपण्डोलमा बसेको बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछिका निर्णय औपचारिक रूपमा अद्यावधिक गर्न आयोग जाने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार सभापति थापा र उपसभापति शर्मासहितको नवनिर्वाचित टोली केहीबेरअघि निर्वाचन आयोगमा पुगेको हो ।

‘विशेष महाधिवेशनपछिको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाने तथा उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्न र समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न आयोग जाने निर्णय भएको छ,’ नवनियुक्त प्रवक्ता देवराज चालिसेले भने ।

बैठकले कांग्रेस सभापतिका रुपमा शेरबहादुर देउवाले गर्दै आएको हस्ताक्षर हटाएर गगन थापाको कायम गराउने गरी आयोगमा जाने निर्णय गरेको हो ।

चालिसेले आफूहरूको निर्णय पुगेपछि आयोगले कांग्रेसको आधिकारिकताबारेको विवाद यथाशक्य चाँडो मिलाइदिने अपेक्षा पनि गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : १९ बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ