पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री « Khabarhub

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्राराती महोत्सवमा सहभागी भई शुभकामना दिएकी छन् । 

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडिखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन् ।

सो क्रममा प्रधानमन्त्री कार्कीले  विविधता र बहुलता बीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको बताइन् । आफ्ना मौलिक संस्कृति, चाड, पर्व र पहिचानमा सबैले गर्व गर्दै तिनको संरक्षण, सम्बद्ध र प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले पर्वहरूले नेपालीबीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउँदै आएको समेत बताइन् ।

उनले मुलुकका मौलिक पर्वहरूले सबैलाई एकबद्ध भएर शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ५ : ०९ बजे

बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू)

काठमाडौं– खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको

युद्ध समाप्तिका लागि इरानले राख्यो ६ शर्त

तेहरान– इरानले जारी युद्ध रोक्न विभिन्न ६ शर्त राखेको छ।

‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार

युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई

तेहरान- अमेरिकार र इजरायलसँगको युद्धलाई इरानले अवसरमा बदलिदिएको छ। अमेरिकाले

२७० फरार प्रतिवादी पक्राउ, ३ करोड ३५ लाख बढी जरिवाना असुल

नेपालगन्ज– प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी