नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति « Khabarhub

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी समूहका नेता मिराज ढुंगानाले आन्दोलनमा सहकार्यका लागि सहमति भएको छ ।

बिहीबार काठमाडौंमा दुई पक्षले आगामी दिनमा सहकार्य गरेर आन्दोलन अघि बढाउनेगरी ४ बुँदे सहमति गरेका हुन् । 

जेन-जी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन र स्थिर सरकार गठन गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन र राज्यको अग्रगामी पुनर्संरचनाका लागी सङ्घर्ष गर्ने गरी दुई पक्षले सहमति गरेका हुन् ।

ढुंगाना नेतृत्वको जेन-जी समूहसँग आन्दोलनको लागि सहकार्य गरेका चन्द नेतृत्वको माओवादी भने आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुनेगरि अघि पनि बढेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ५ : ०९ बजे

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा