रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू « Khabarhub

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोग पत्र सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध बिहीबार प्रदर्शन भएको छ । 

काठमाडौंको माइतीघर मण्डलमा सहकारी पीडितहरूले खबरदारी जुलुससहित प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितहरूले ठगी प्रकरणका अभियुक्तमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘राजनीतिक संरक्षण’ र ‘न्यायको उपहास’ को संज्ञा दिएका छन् ।

सहकारी पीडितलाई न्याय दिन माग गर्दै उनीहरूले महान्यायाधिवक्तको निर्णयविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले मंगलवार विभिन्न जिल्ला अदालत (कास्की, रुपन्देही, काठमाडौं र पर्सा) मा दायर अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूर फिर्ता लिन स्वीकृति दिएकी थिइन् । 

यस निर्णयपछि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्रै कायम रहने छ । प्रदर्शनका सहभागीले सहकारी ठगीका पीडित बचतकर्ताको हकहितलाई प्राथमिकतामा नराखेको बताएका छन् ।

राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा कमजोर बनाइएको पनि उनीहरूले गुनासो गरेका छन् । लामिछानेले राजनीतिक प्रतिशोधका कारण गम्भीर अभियोग लगाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ०५ बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ