रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू « Khabarhub

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोग पत्र सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध बिहीबार प्रदर्शन भएको छ । 

काठमाडौंको माइतीघर मण्डलमा सहकारी पीडितहरूले खबरदारी जुलुससहित प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितहरूले ठगी प्रकरणका अभियुक्तमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘राजनीतिक संरक्षण’ र ‘न्यायको उपहास’ को संज्ञा दिएका छन् ।

सहकारी पीडितलाई न्याय दिन माग गर्दै उनीहरूले महान्यायाधिवक्तको निर्णयविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले मंगलवार विभिन्न जिल्ला अदालत (कास्की, रुपन्देही, काठमाडौं र पर्सा) मा दायर अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूर फिर्ता लिन स्वीकृति दिएकी थिइन् । 

यस निर्णयपछि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्रै कायम रहने छ । प्रदर्शनका सहभागीले सहकारी ठगीका पीडित बचतकर्ताको हकहितलाई प्राथमिकतामा नराखेको बताएका छन् ।

राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा कमजोर बनाइएको पनि उनीहरूले गुनासो गरेका छन् । लामिछानेले राजनीतिक प्रतिशोधका कारण गम्भीर अभियोग लगाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ०५ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि