भारतका प्रधानमन्त्री मोदी चढेको विमान आसामको सडकमै अवतरण (भिडियोसहित) « Khabarhub

भारतका प्रधानमन्त्री मोदी चढेको विमान आसामको सडकमै अवतरण (भिडियोसहित)


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको एक सडकमै अवतरण भएको छ ।

भारतको आसाम राज्यको डिब्रुगढमा मोदी चढेको भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान सडकमा अवतरण भएको हो ।

भास्कर न्युजले यसलाई ‘ऐतिहासिक क्षण’ भनेको छ । भारतमा पछिल्लो समय ठुला जहाज अवतरण गर्न मिल्ने ठुला सडक बनाइएको छ । राजमार्गमा प्रधानमन्त्री चढेको जहाज पहिलो पटक अवतरण भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

विशेष खालको राजमार्गमा राफेललगायत अन्य लडाकु विमान सहजै अवतरण र उडान गर्न सक्ने दाबी समाचारमा गरिएको छ ।

मोदी शनिबार चाबुवा हवाई अड्डाबाट उडान भरेर आसामको डिब्रुगढस्थित मोरान बाइपास सडकमा अवतरण गरेको समाचारमा उल्लेख गरिएको छ।

इमर्जेन्सी ल्यान्डिङ सुविधासहितको यो सडक करिब १०० करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । यसरी विमान अवतरणका लागि करिब साढे चार किलोमिटर लामो छ ।

इमर्जेन्सी ल्यान्डिङ फेसिलिटी भनेको कुनै राज्य वा राष्ट्रिय राजमार्गमा बनाइने विशेष खालको एयरस्ट्रिप हो । आपत्कालीन अवस्थामा वायुसेनाका लडाकु अन्य हवाई जहाज पनि उडान गर्न सक्ने दाबी भारतीय मिडियाले गरेका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : ५६ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन