महामन्त्री पौडेललाई बुद्धिजीवीको शुभकामना : कांग्रेसबाट परिवर्तनको आशा जागेको छ « Khabarhub

महामन्त्री पौडेललाई बुद्धिजीवीको शुभकामना : कांग्रेसबाट परिवर्तनको आशा जागेको छ


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– पेशाकर्मी तथा बुद्धिजीवीहरूले नेपाली कांग्रेसमा आएको परिवर्तनले देशमा आशा जगाएको बताएका छन् । 

उनीहरूले काङ्ग्रेसले अपेक्षाअनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको भन्दै यसले आशा जगाएको बताए । उनीहरूले यसका लागि नेतृत्व गरेको भन्दै महामन्त्री पौडेललाई धन्यवाद समेत दिए । उनीहरूले पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री पौडेलबाट अब देशले गति लिने विश्वास गरे । 

उनीहरूले यस कार्यका लागि नेतृत्व लिएको भन्दै काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पौडेललाई शुभकामना दिए । कार्यक्रममा पुर्वमन्त्री नरहरि आचार्यले पौडेलसँग नेतृत्व क्षमता रहेको भन्दै जीतको शुभकामना दिए ।

पूर्व राजदूत शम्भुराम सिम्खडाले अहिले काङ्ग्रेसबाट आशा गर्न सकिने भन्दै आशा दिन सक्ने व्यक्ति महामन्त्री पौडेल भएको बताए ।
अर्थशास्त्री डा. पोषराज पाण्डेले काङ्ग्रेसबाट परिवर्तन आवश्यक रहेकोमा त्यो सफल भएको भन्दै  पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै शुभकामना दिए ।

कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले नेपाली काङ्ग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताए । बुद्धिजीवी तथा पेशागत समूहद्वारा काठमाडौंमा आयोजित अन्तर्क्रियामा बोल्दै उनले समाजमा योगदान दिने जोकोही आउन मिल्ने बनाइने बताए ।
नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको उनले बताए ।

उनले निरन्तरको दबाब यात्राका कारण ठूलो समस्या रगेको रिङ रोडको समस्या समाधान भएको भन्दै स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न साथै अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : २८ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको