नवलपरासीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

नवलपरासीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो । 

गएराति स्कुटरले ठक्कर दिँदा घाइते भएका तामाङको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारीएवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा संलग्न स्कुटर चालक गैँडाकोट–८ करङ्घारीका २६ वर्षीय प्रविन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ । 
 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ४७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब