अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते « Khabarhub

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा सडक दुर्घटनामा कम्तीमा ६ यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरूमा महिला र बालबालिकाहरू पनि छन् ।

पहिलो दुर्घटना कराबाग जिल्लामा भएको थियो, जसमा पाँच यात्रुको मृत्यु भएको छ, त्यसमा दुई महिला र एक बच्चा रहेका छन् । यस दुर्घटनामा दुई जना घाइते भएका थिए ।

केही मिनेटको अन्तरमा सोही सडकमा अर्को दुर्घटना पनि भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।

प्रहरी तत्काल दुर्घटना स्थलमा पुगेका र घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याएका थिए । प्रहरीका अनुसार, हतारमा गाडी चलाउनु र सडकमा अन्धकार भएका कारण यी दुःखद दुर्घटनाहरू भएका हुन् ।

गत साता उत्तरी बडाख्शान प्रान्तमा पनि यस्तै सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको र तीन जना घाइते भएका थिए ।
 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १ : ०७ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको