ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा  « Khabarhub

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ । 

श्वासप्रश्वास रोगमा केन्द्रित भएर स्थापना गरिएको यस सेन्टरले विशेषज्ञ, गुणस्तरीय तथा सहुलियत दरमा सेवा प्रदान गर्ने जनाएको छ । सेन्टरको ललितपुर महानरपालिका १३ का वडाध्यक्ष गणेश केसीले शनिबार उद्घाटन गरे । उद्घाटनका क्रममा उनले आफ्नो वडामा विशिष्टिकृत क्लिनिक खुलेकोमा खुसी व्यक्त गरे । 

उनले वडा सहकार्य गर्न तयार रहेको भन्दै क्लिनिक साँच्चिकै गुणस्तरीय सेवा दिन सफल होस् भन्ने कामना व्यक्त गरे । सेन्टरका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्यांकले विश्वभर प्रत्येक वर्ष करोडौँ मानिस श्वासप्रश्वास रोगबाट प्रभावित हुने देखाएको छ भने नेपालमा पनि करिब १०–१२ प्रतिशत वयस्कमा दीर्घकालीन श्वासप्रश्वास समस्या रहेको अनुमान छ। बढ्दो वायु प्रदूषण, धूम्रपान तथा कोभिड–१९ पछिको असरका कारण बिरामीको संख्या बढिरहेको चिकित्सकहरूले बताएका छन् । 

अझ नेपालजस्तो विकासोन्मुख मुलुकहरूमा स्वासप्रश्वासबाट मृत्युदर धेरै रहेकाले विशेष उपचार आवश्यक रहेको वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीले बताए । 

सेन्टरमा फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स–रे, एलर्जी तथा दम परीक्षण, सिओपीडी, क्षयरोग तथा कोभिडपछि देखिने समस्या सम्बन्धी परीक्षण तथा उपचार, धूम्रपान त्याग परामर्श, प्रयोगशाला र फार्मेसीसहित एकीकृत सेवा उपलब्ध गराइने बताइएको छ ।

सेन्टरले उपचारसँगै श्वासप्रश्वास रोगको रोकथाम, जनचेतना अभिवृद्धि तथा नियमित परीक्षणको प्रवर्द्धनमा समेत जोड दिने जनाएको छ । काठमाडौं उपत्यकासहित देशभरका बिरामीलाई सेवा दिने लक्ष्य सेन्टरले राखेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १ : १८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता