कुलमानको चुनावी घोषणा पत्र : यस्ता छन् उज्यालो नेपालमा सात मुख्य योजना « Khabarhub

कुलमानको चुनावी घोषणा पत्र : यस्ता छन् उज्यालो नेपालमा सात मुख्य योजना


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गतेको चुनावका लागि जारी गरेको घोषणापत्र ल्याएको छ।

उज्यालोले आइतबार ल्याएको निर्वाचन प्रतिवद्धता पत्रमा लोडसेडिङलाई पूर्ण रूपमा अन्त्य गरिएको जनाउँदै अब विद्युत् उत्पादनलाई तीव्रता दिने प्रतिबद्धता जनाइएको छ।

१२ हजार मेगावाट बिजुली

पार्टीले वि.सं. २०३० सम्ममा १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने योजना ल्याएको छ। यस्तै नवीकरणीय ऊर्जा स्रोतहरूलाई प्राथमिकता दिई हाइड्रो, सोलार र विण्ड ऊर्जालाई विस्तार गर्ने योजना पनि घोषणा पत्रमा राखिएको छ।

उज्यालो नेपाल पार्टीले नेपाललाई ऊर्जा निर्यात गर्ने राष्ट्र बनाउने लक्ष्य पनि राखेको छ। पार्टीले जडित क्षमता बढाएर २०३० सम्म २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने र घरेलु खपतलाई सस्तो बनाउने उल्लेख गरेको छ।

निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको घोषणा

उज्यालो नेपाल पार्टीको चुनावी घोषणापत्रमा सबै नागरिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।

पार्टीले विश्वविद्यालय तहसम्मको शिक्षा निःशुल्क गर्ने र प्रत्येक स्थानीय तहमा कम्तीमा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।

घोषणापत्रमा २०३० सम्ममा स्वास्थ्यमा ९ प्रतिशत र शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने उल्लेख छ। यसबाहेक, गाउँपालिका र नगरपालिकामा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गरी स्वास्थ्य सेवालाई सुलभ बनाउने प्रतिबद्धता छ।

९ लाख नयाँ रोजागरी

पार्टीले आफ्नो चुनावी घोषणापत्रमा ९ लाख नयाँ रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ। पार्टीका अनुसार, २०३० सम्ममा कृषि, पर्यटन, ऊर्जा र उत्पादन क्षेत्रबाट वार्षिक १ लाख ८० हजार रोजगारी सिर्जना गर्ने योजना छ।

युवाहरूलाई लक्षित गर्दै स्टार्टअप फण्ड स्थापना गर्ने र विदेशबाट फर्किएका युवालाई स्वदेशमा रोजगारी दिने प्रतिबद्धता जनाइएको छ। यसले बेरोजगारी दरलाई ८ प्रतिशतभन्दा तल झार्ने लक्ष्य राखेको छ।

कृषिमा क्रान्तिकारी सुधारको प्रतिबद्धता

घोषणापत्रमा कृषि क्षेत्रलाई प्राथमिकता दिई किसानहरूलाई प्रत्यक्ष अनुदान र निःशुल्क बिजुली उपलब्ध गराउने उल्लेख छ। पार्टीले २०३० सम्ममा कृषि उत्पादन दोब्बर बनाउने र जैविक खेतीलाई प्रोत्साहन दिने योजना अघि सारेको छ।

किसानहरूका लागि डिजिटल आईडी कार्ड जारी गर्ने र बजार व्यवस्था सुधार्ने प्रतिबद्धता छ। यसबाहेक, सिँचाइ सुविधा विस्तार गरी तराई र पहाडी क्षेत्रमा ३ लाख हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ।

३५ लाख पर्यटक भित्र्याउने लक्ष्य

पार्टीले चुनावी घोषणापत्रमा पर्यटन क्षेत्रलाई विशेष जोड दिई २०३० सम्ममा ३५ लाख पर्यटक भित्र्याउने प्रतिबद्धता जनाएको छ।

पार्टीका अनुसार, धार्मिक, साहसिक र पर्यावरणीय पर्यटनलाई प्रोत्साहन दिने र नयाँ पर्यटकीय गन्तव्यहरू विकास गर्ने योजना छ।

यसका लागि अन्तर्राष्ट्रिय विमानस्थलहरूको विस्तार र सडक सञ्जाल सुधार्ने उल्लेख छ। पार्टीले पर्यटनबाट वार्षिक १०० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।

भ्रष्टाचारविरुद्ध कडा नीति

घोषणापत्रमा भ्रष्टाचारलाई शून्य सहनशीलता अपनाउने प्रतिबद्धता छ। पार्टीले भ्रष्टाचारीहरूलाई आजीवन कारावास र सम्पत्ति जफत गर्ने कानुन ल्याउने योजना अघि सारेको छ।

यसबाहेक, डिजिटल प्रणालीमार्फत सरकारी सेवाहरू पारदर्शी बनाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र बनाउने उल्लेख छ। कुलमान घिसिङले भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापित गर्ने मुख्य एजेन्डा बनाएका छन्।

आर्थिक वृद्धिदर ९ प्रतिशत

उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी घोषणापत्रमा २०३०-२०३५ लाई विकास दशक घोषणा गर्ने र आर्थिक वृद्धिदर ९ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।
पार्टीका अनुसार, २०३० सम्ममा जीडीपी ७०० अर्ब डलर पुर्‍याउने र गरिबी दरलाई १५ प्रतिशतभन्दा तल झार्ने योजना छ।

यसका लागि ऊर्जा, पूर्वाधार र प्रविधिमा लगानी बढाउने प्रतिबद्धता जनाइएको छ। कुलमान घिसिङले यो घोषणापत्रलाई ‘उज्यालो नेपालको खाका’ भनेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : ५६ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी