नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- कांग्रेसको जरा बलियो बनाउनेगरि जुट्नुहोस् « Khabarhub

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- कांग्रेसको जरा बलियो बनाउनेगरि जुट्नुहोस्


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस अहिले जनताको विश्वास जित्ने गरी अघि बढेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा जसपाका नेताहरूलाई कांग्रेस प्रवेश गराउँदै शर्माले आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने गरि परिवर्तित अवस्थामा जनताको विश्वास जित्ने गरी अघि बढेको बताएका हुन् । उनले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको समेत दाबी गरे ।

अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै उनले यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने दाबी गरे । जेन–जी मुभमेन्टपछि सबै भन्दा परिवर्तन भएको पार्टी कांग्रेस मात्रै भएको उनको भनाइ छ ।

शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेता कार्यकर्ताहरू एक ढिक्का भएर लागेको र पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको बताए ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहित नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : ४६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको