रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित « Khabarhub

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन् ।

आम मतदातालाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो ।

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका १५५ वडामा १५ दिनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले जानकारी दिइन् ।
 
प्रमुख आचार्यका अनुसार हरेक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक स्थानीय पालिकामा एक जना अनुगमनकर्ता परिचालन गरिएको छ ।
 
महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयमा कार्यरत बाल शिक्षक र सामाजिक परिचालकलाई मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालित गरिएको छ ।   
 
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार रुपन्देही जिल्लामा जम्मा छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । सबैभन्दा बढी क्षेत्र नं एक मा एक लाख ४६ हजार ८२४ र कम क्षेत्र नं ४ मा एक लाख १६ हजार १७२ मतदाता रहेको आयोगले जनाएको छ ।  

यसैगरी क्षेत्र नं २ मा एक लाख ३५ हजार ५०, क्षेत्र ३ मा एक लाख चार हजार ३५ जना र क्षेत्र ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता रहेको र  जिल्लामा ४८ दशमलव ५२ प्रतिशत महिला मतदाता रहेको आयोगले स्पष्ट गरेको छ ।

मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । 

निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा आएको आयोगको भनाइ छ ।
 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ५ : १३ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ