जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा « Khabarhub

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । 

सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सभापति थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताए ।

उनले भने, ‘अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्य बोध गरेर काम गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन् । युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ । त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ ।’

सभापति थापाले देशमा जोशसँगै होसका साथ र उत्साहसँगै अनुभवका साथ आगामी दिनमा काम गर्नुपर्ने दायित्व रहेको बताए । जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उनले अब आनाकानी गर्ने छुट नभएको बताए । सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो ।

कांग्रेसले नतिजा दिने गरी काम गर्ने सभापति थापाले बताए । सर्लाही–४ का मतदातासँग भेटघाट गर्दै उनले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ६ : ०३ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको