वायुसेनालाई अत्याधुनिक बनाउन फ्रान्सेली कम्पनीसँग रणनीतिक निकटता बढाउँदै भारत « Khabarhub

वायुसेनालाई अत्याधुनिक बनाउन फ्रान्सेली कम्पनीसँग रणनीतिक निकटता बढाउँदै भारत


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय वायुसेनालाई अत्याधुनिक बनाउने लक्ष्यका साथ भारतले फ्रान्सेली कम्पनी दसउसँग रणनीतिक निकटता बढाएको छ ।

मेक इन इन्डिया कार्यक्रमलाई विशेष जोड दिँदै फ्रान्सेली कम्पनी दसउले भारतमै मर्मत–सम्भार र ओभरहल एमआरओ सुविधा केन्द्र स्थापना गर्ने भएको छ । यसले भारतीय वायुसेनाका विमानहरू मात्र नभई अन्य देशका राफेल अपरेटरहरूलाई पनि सेवा दिने अपेक्षा गरिएको छ ।

हाल भारतीय वायुसेनामा लडाकु विमानका ४२ स्क्वाड्रन हुनुपर्नेमा घटेर ३० को हाराहारीमा पुगेका छन् । यो अभावलाई पूर्ति गर्न पनि दसउको भूमिका महत्वपूर्ण मानिएको छ । विज्ञहरूका अनुसार यो सम्झौता केवल विमान खरिदमा मात्र सीमित छैन ।

यसले भारतको हवाई उद्योगको सीप बढाउने, स्थानीय आपूर्ति सञ्जाललाई बलियो बनाउने र भविष्यमा निर्यातको सम्भावनालाई समेत खुला गर्नेछ । यद्यपि, ठूलो परिमाणमा उत्पादन गर्दा गुणस्तर कायम राख्नु र लागत नियन्त्रण गर्नु भारतका लागि चुनौती हुनसक्छ ।

यो पहललाई रणनीतिक स्वायत्तता हासिल गर्ने भारतको लक्ष्यमा महत्त्वपूर्ण पाइला मानिएको छ । फ्रान्ससँगको सहकार्यले वायुसेनालाई शक्तिशाली बनाउनुका साथै भारतलाई रक्षा उत्पादनमा आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : ५२ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ