काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका अस्पतालहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् ।
मन्त्री शर्माले आज जिरी अस्पताल, रामेछाप अस्पताल तथा मन्थलीको अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा सम्बन्धित अस्पताल प्रशासनले संस्थाको वर्तमान अवस्था, बिरामीहरूको बढ्दो चाप तथा सेवा प्रवाहमा देखिएका प्रशासनिक र प्राविधिक चुनौतीबारे मन्त्री शर्मालाई अवगत गराएका थिए ।
त्यस अवसरमा उपस्थित सरोकारवालाहरूले दोलखा र रामेछाप जिल्लाको समग्र स्वास्थ्य सेवाको अवस्था तथा सुधार गर्नुपर्ने पक्षहरूबारे पनि जानकारी गराएका थिए ।
मन्त्री शर्माले स्वास्थ्य सेवा प्रवाहमा संलग्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरूको कार्यप्रति प्रशंसा व्यक्त गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।














प्रतिक्रिया