स्वास्थ्यमन्त्री शर्माद्वारा दोलखा र रामेछापका अस्पताल अनुगमन  « Khabarhub

स्वास्थ्यमन्त्री शर्माद्वारा दोलखा र रामेछापका अस्पताल अनुगमन 


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका अस्पतालहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् । 

मन्त्री शर्माले आज जिरी अस्पताल, रामेछाप अस्पताल तथा मन्थलीको अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा सम्बन्धित अस्पताल प्रशासनले संस्थाको वर्तमान अवस्था, बिरामीहरूको बढ्दो चाप तथा सेवा प्रवाहमा देखिएका प्रशासनिक र प्राविधिक चुनौतीबारे मन्त्री शर्मालाई अवगत गराएका थिए ।

त्यस अवसरमा उपस्थित सरोकारवालाहरूले दोलखा र रामेछाप जिल्लाको समग्र स्वास्थ्य सेवाको अवस्था तथा सुधार गर्नुपर्ने पक्षहरूबारे पनि जानकारी गराएका थिए ।

मन्त्री शर्माले स्वास्थ्य सेवा प्रवाहमा संलग्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरूको कार्यप्रति प्रशंसा व्यक्त गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : ३५ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई