चैत महिनाका लागि घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर « Khabarhub

चैत महिनाका लागि घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही चैत महिनाका लागि घटेको छ । प्राप्त तथ्यांक अनुसार फागुन महिनाको तुलनामा चैतमा बैंकहरूको मुद्दतीतर्फको औसत ब्याजदरमा केही कमी आएको देखिएको हो ।

वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर फागुनमा ४.५७ प्रतिशत रहेकोमा चैतमा ४.४९ प्रतिशत कायम भएको छ, जुन ०.०८ प्रतिशतको गिरावट हो । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि फागुनको ३.३३ प्रतिशतबाट घटेर चैतमा ३.२९ प्रतिशत पुगेको छ  ।

तथ्यांक अनुसार नेपाल बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै ०.६ प्रतिशतले ब्याजदर घटाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तितर्फको मुद्दतीमा कृषि विकासले ०.१४, कुमारीले ०.३१, प्राइमले ०.१० र स्ट्याण्डर्ड चार्टर्डले ०.१४ कटौती गरेका छन् । नेपाल एसबिआई बैंकले भने संस्थागततर्फ मात्र ०.०२ प्रतिशतले ब्याजदर घटाएको देखिन्छ ।

धेरैजसो बैंकहरूले भने चैत महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् । एनएमबि, राष्ट्रिय वाणिज्य, र एनआइसी एशियाले व्यक्तिगततर्फ ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशतको ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, एभरेष्ट, लक्ष्मी सनराइज, सिटिजन्स, प्रभु, माछापुच्छ«े, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा र एनआईएमबि बैंकको ब्याजदरमा पनि कुनै परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : १० बजे

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन

उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौं– देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव