रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू « Khabarhub

रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न निर्देशन दिएका छन् ।

आइतबार केन्द्रीय कार्याल धापासीमा बसेको सचिवालय बैठकमा भर्चुअल्ली सहभागी भएका उनले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न भनेका हुन् ।

पार्टीका तर्फबाट विजयी हुने समानुपातिकका ५७ जना उम्मेदवारको नाम छान्न बसेको बैठकमा भर्चुअल्ली सहभागी लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्रीमा नाम घोषणा नगर्न भनेका हुन् ।

रास्वपाले सु-संस्कृत राजनीति अभ्यास गरेको बताउँदै लामिछानेले आफूखुसी मन्त्रीको नाम घोषणा गर्दै नहिँड्न निर्देशन जारी गरेका हुन् ।

‘विभिन्न मिडियाहरूमा आफूखुसी मन्त्रीको नाम घोषणा गर्दै हिँडेको कुरा आइरहेको छ’, उनले भने ‘वरिष्ठ नेता बालेन्द्र साह र मैले मन्त्रालयमा को-को पठाउनेबारे छलफल गरिरहेका छौँ, यसबारे बाहिर अन्यथा कुरा नगर्नुस् ।’

आइतबारको सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र भने सहभागी भएनन् । पार्टी प्रवेश गरेयता उनी रास्वपाको कुनै बैठकमा सहभागी पनि भएका छैनन् । उनी आइतबार भौतिक र अनलाइन माध्यमबाट पनि बैठकमा भाग लिन गएनन्।

पार्टी बैठकमा रविले अब बस्ने केन्द्रीय समिति बैठकबाट बालेनलाई संसदीय दलको नेता बनाउनेसमेत उल्लेख गरे।

‘वरिष्ठ नेताज्यू, म र अरू साथीहरूबीच कसलाई मन्त्रालयमा पठाउने भन्ने कुरा भइरहेको छ। हामीले कसरी परिणाममुखी काम गर्ने भन्नेमा पनि छलफल भइरहेको छ’, उनले भने, ‘साथीहरुले आफूखुसी यो वा त्यो मन्त्रालयमा आफू जाने भनेर घोषणा नगर्नुहोला ।’

रविले समानुपातिकतर्फको नामावली टुङ्ग्याइसकेपछि एक साताभित्र नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्ने बताए । ‘यसमा वरिष्ठ नेताज्यू र मबीच निरन्तर संवाद छलफल र कुराकानी भइरहेको छ’, उनले भने ।

रविले परिणाममुखी काम गर्नका लागि सम्बन्धित क्षेत्रका विषय विज्ञलाई मन्त्रालयमा पठाउने पनि बताए । उनलले रास्वपाका सबै नेता र सांसदहरूलाई न्याय गर्नेसमेत बताए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : ४५ बजे

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा