आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार । वैशाख कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ अप्रिल १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अचानक खर्च बढ्नेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।

वृष : दिन राम्रो छ। कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ । शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

मिथुन : दिन धेरै राम्रो छ। आम्दानी बढ्नेछ । बोलीमा सरस्वतीले बास गरेकाले बोलेको कुरा कार्यान्वयन हुनेछ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । कतै भइरहेको शुभकार्यमा सरिक भइनेछ ।

कर्कट : बौद्धिक व्यक्तिसँगको भेटले काम बन्नेछ । दिन राम्रो छ । थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । थोरै बोलेर अगाडि बढेमा दिन सहज बन्नेछ ।

सिंह : दिन सामान्य छ । साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुनसक्छ । शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ । व्यवहार गर्दा भने तीन पटक सोच्नु उचित हुन्छ ।

कन्या : कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । दाजुभाइसँगको सहकार्यबाट लाभ मिल्नेछ । रोगको उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।आफ्नतबाट उचित सल्लाह पाइने छ ।

तुला : परिवारको साथ मिल्नेछ । आज आम्दानी बढ्ने योग छ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधार र पठनपाठनमा मन जानेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन राम्रो छ । बोलेको कुरा कार्यान्वयन हुनेछ । शिक्षामा नाफा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन् । स्वदेशमा विभिन्न विकल्प देखेर मनमा खुशीयाली छाउनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

धनु : स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ । अरुको विश्वास गर्दा घाटा हुनसक्छ । विवेक प्रयोग गर्नु राम्रो हुनेछ । घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मकर :दिन सामान्य छ । मन अशान्त हुनेछ । गुरुको साथ लिएर संकटलाई टार्न सकिनेछ । रोगले सताउने जोखिम छ । धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ ।

कुम्भ : दिन राम्रो छ । शास्त्रको अध्ययन गरेमा सफलता मिल्नेछ । मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

मीन : दिन राम्रो छ । चन्द्रमा दाहिना भएकाले सोचेका काम बन्नेछन् । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ मिल्नेछ । बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ । मन मिल्ने मान्छेसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : १२ बजे

रास्वपा महाधिवेशन १० गतेसम्म लम्बियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन १० गतेसम्म

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र

जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई

सम्पत्ति शुद्धीकरणको इमेलले पक्राउ परेका पौडेललाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइँदै

सुर्खेत- पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति