आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित « Khabarhub

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ ।

घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रनको बलियो योगफल खडा गरेको थियो ।

१९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि ओपनर सन्जु सामसनले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ३२ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । अर्का युवा ब्याटर डेवाल्ड ब्रेभिसले २९ बलमा ४१ रन बनाउँदै टिमलाई मध्यम ओभरमा गति दिए । आयुष म्हात्रेले आक्रामक पारी खेल्दै १७ बलमा ३८ रन जोडे भने सरफराज खानले २३ रन बनाए । चेन्नईले पाँच विकेटको क्षतिमा १९२ बनाएको हो ।

कोलकाताका बलर कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए भने सुनिल नरेन, अनुकूल रोय र वैभव अरोराले समान १–१ विकेट हात पारे ।

१९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताको सुरुवात खराब रह्यो । फिन एलेन मात्र १ रनमा आउट भए । मध्यक्रममा कप्तान अजिंक्य रहाणेले २८ र अंगकृष रघुवंशीले २७ रन बनाए पनि टोलीलाई जिततर्फ डोहोर्‍याउन सकेनन् । रमनदीप सिंहले ३५ र रोभम्यान पावेलले अविजित ३१ रन जोडे पनि रन रेटको दबाबका कारण कोलकाता पछि पर्‍यो ।

चेन्नईको जितमा अफगानी स्पिनर नुर अहमदले घातक बलिङ गरे । उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र २१ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । सोही प्रदर्शनका कारण उनी ‘प्लेयर अफ द म्याच’ चुनिए । चेन्नईका अंशुल कम्बोजले २ तथा खलिल अहमद र अकिल होसेनले १–१ विकेट लिए ।

यो जितसँगै चेन्नईले पाँच खेल खेल्दा चार अंक जोडेको छ । चेन्नई अंक तालिकामा आठौ स्थानमा छ । तालिकाको पुछारमा रहेको कोलकाताले भने समान पाँच खेलमा १ अंक मात्र जोडेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : २८ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले