विपद् प्रतिकार्यका लागि ‘समुदाय विपद स्वयंसेवक’ तयार « Khabarhub

विपद् प्रतिकार्यका लागि ‘समुदाय विपद स्वयंसेवक’ तयार


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका लागि २५ जना स्वयंसेवक तयार गरिएको छ । विपद् प्रतिकार्यका लागि समुदायको तयारीलाई सुदृढ बनाउने उद्देश्यले गाउँपालिकामा समुदाय विपद् स्वयंसेवक तयार गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म हेडक्वार्टर पूर्वी नवलपरासीसँगको सहकार्यमा विनयी त्रिवेणी गाउँपालिकाले विपद् स्वयंसेवक तालिम सञ्चालन गरी स्वयंसेवक तयार गरिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

‘विपद् आउँदा सबैभन्दा पहिले समुदाय नै अगाडि आउनुपर्छ’, उनले भने, ‘विपद्को समयमा समुदाय नै पहिलो उद्धारकर्ता बन्ने भएकाले तालिममार्फत गाउँस्तरसम्मको स्वयंसेवक तयार गरिएको हो ।’

विनयी त्रिवेणी गाउँपालिका विभिन्न प्रकारका विपद्को जोखिम क्षेत्रमा रहेकाले त्यसको पूर्वतयारीस्वरूप २५ जना स्वयंसेवक तयार गरिएको अध्यक्ष गिरीले जानकारी दिए । यस आर्थिक वर्षमा विनयी त्रिवेणी गाउँपालिकाका सातवटा वडामध्ये चारवटा वडामा मात्र स्वयंसेवक तयार गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको संवेदनशील भौगोलिक अवस्थालाई मध्यनजर गर्दै विपद् स्वयंसेवक तालिममार्फत स्वयंसेवक तयार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म हेडक्वार्टर पूर्वीनवलपरासीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले बताए ।

‘तालिमले स्थानीय स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गरी विपद् व्यवस्थापन, उद्धार तथा सहजीकरणमा प्रभावकारी भूमिका खेल्नेछ’, उनले भने, ‘सुरक्षा निकायमात्र पर्याप्त हुँदैन, प्रशिक्षित समुदाय भएमा विपद्को क्षति न्यून गर्न सकिन्छ ।’

विनयी त्रिवेणी गाउँपालिकाभित्रका २५ जना युवालाई १८ दिनसम्म विपद् प्रतिकार्यसम्बन्धी तालिम सञ्चालन गरेर स्वयंसेवक तयार गरिएको हो । विपद् व्यवस्थापनमा सुरक्षा निकाय र समुदायबीचको सहकार्य अपरिहार्य रहेकाले समुदायसँग सहकार्य गर्नेगरी प्रशिक्षित स्वयंसेवक तयार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बरालले बताए ।

‘प्रशिक्षित स्वयंसेवक तयार पार्नुको उद्देश्य विपद् प्रकोपको अवस्थामा समुदायलाई तत्काल सहयोग पुर्याउन सक्ने जनशक्ति तयार गर्नु, आपत्कालीन सतर्कता, प्राथमिक उपचार, उद्धार सीप तथा स्थानीय तहमा विपद् पूर्वतयारी योजना निर्माणमा सहयोग पुर्याउनु रहेको छ’, उनले भने ।

स्वयंसेवकहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमार्फत प्राथमिक उद्धार, प्राथमिक उपचार, आपत्कालीन सतर्कता र विपद्को समयमा आफू सुरक्षित रहने तथा अरूलाई सुरक्षित बनाउने सीप प्रदान गरी प्रशिक्षित गरिएको सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीले जानकारी दिए । (रासस)

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : ३५ बजे

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच