औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानीलाई  « Khabarhub

औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानीलाई 


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी व्यवस्था विभागको निमित्त महानिर्देशक जिम्मेवारी शिवानी खड्गीले पाएकी छन् । 

स्वास्थ्य मन्त्री निशा मेहताले गत २७ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् । 

यसअघि वरिष्ठ औषधी व्यवस्थापकको रुपमा कार्यरत दशौँ तहकी खड्गी विभागमा हाल कार्यरत कर्मचारीहरू मध्ये सबैभन्दा वरिष्ठ हुन् ।

अर्को व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी गड्गीलाई दिइएको हो । 

यसअघि गत २६ चैतमा मन्त्री मेहताले विभागका महानिर्देशक रहेका नारायणप्रसाद ढकाललाई मन्त्रालय तानेकी थिइन । 

कानून विपरीत औषधीको मूल्य निर्धारण गरेको आरोप लागेपछि ढकाललाई मन्त्री मेहताले मन्त्रालय तानेकी हुन् ।

आरोपबारे छानबिन गर्न मन्त्रालयले गत २७ चैतमा अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

छानबिन गरी एक साता भित्र प्रतिवेदन बुझाउन भनिए पनि ३० चैत सम्म सो समितिले काम अघि बढाउन सकेको थिएन ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : १२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६