अन्डमान सागरमा डुङ्गा दुर्घटना, २५० बेपत्ता « Khabarhub

अन्डमान सागरमा डुङ्गा दुर्घटना, २५० बेपत्ता


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– असुरक्षित समुद्री यात्राको जोखिम फेरि एकपटक भयावह रूपमा सतहमा आएको छ । मलेसिया पुग्ने प्रयासमा अन्डमान सागर हुँदै यात्रा गरिरहेका रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिक बोकेको एक डुङ्गा डुब्दा कम्तीमा २५० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिअनुसार कोक्स बजार जिल्लाको टेकनाफ क्षेत्रबाट रोहिङ्ग्या शरणार्थी र बंगलादेशी नागरिक बोकेर मलेसियातर्फ गइरहेको डुङ्गा अन्डमान सागरमा पल्टिएको हो । तर यात्रा क्रममा अन्डमान सागरमा डुङ्गा पल्टिएपछि सबै यात्रु बेपत्ता भएको आशंका गरिएको छ ।

डुङ्गा कहिले डुबेको हो भन्नेबारे स्पष्ट जानकारी अझै प्राप्त नभएको र बुधबारसम्म खोज तथा उद्धार कार्यको अवस्थाबारे पनि अनिश्चितता रहेको बताइएको छ । एजेन्सीहरूका अनुसार अत्यधिक भीड, तीव्र हावा र उग्र समुद्री अवस्थाका कारण डुङ्गाले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

उक्त घटनाले रोहिङ्ग्या समुदायको दीर्घकालीन विस्थापन र सुरक्षित तथा दिगो समाधानको अभावलाई पुनः उजागर गरेको संयुक्त राष्ट्रसङ्घीय निकायहरूको भनाइ छ । म्यान्माको राखाइन राज्यमा जारी हिंसा र अस्थिरताका कारण उनीहरूको सुरक्षित स्वदेश फर्किने सम्भावना अझै अनिश्चित रहेको छ ।

त्यसैगरी, बङ्गलादेशस्थित शरणार्थी शिविरहरूमा सीमित मानवीय सहायता, शिक्षा र रोजगारीमा प्रतिबन्धित पहुँचजस्ता समस्याले रोहिङ्ग्याहरूलाई जोखिमपूर्ण समुद्री यात्रा रोज्न बाध्य बनाइरहेको उल्लेख गरिएको छ । यस्तो अवस्था निरन्तर रहँदा मानव तस्करी र समुद्री दुर्घटनाको खतरा थप बढ्दै गएको बताइएको छ ।

हाल बङ्गलादेशले म्यान्माबाट विस्थापित १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको छ । युएनएचसिआर र आइओएमले ती शरणार्थीहरूको जीवनरक्षक सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग थप आर्थिक सहयोग र ऐक्यबद्धता सुदृढ गर्न आग्रह गरेका छन् ।

अन्डमान सागरको यो दुर्घटनाले केवल एक मानवीय त्रासदी मात्र नभई क्षेत्रीय शरणार्थी संकटको गम्भीरता र अन्तर्राष्ट्रिय उदासीनताको परिणामलाई पनि उजागर गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : ३७ बजे

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको