वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव « Khabarhub

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ अवसरमा आज जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा कपुरको वृक्षरोपण गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

वृक्षरोपणपछि आयोजित कार्यक्रममा सभामुख यादवले परम्परागत चाडपर्वहरूलाई वातावरणमैत्री गतिविधिसँग जोड्नु समयको आवश्यकता भएको उल्लेख गर्दै वृक्षरोपणले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताए। उनले मिथिला क्षेत्रका मौलिक संस्कार र संस्कृतिसँग प्रकृति संरक्षणको गहिरो सम्बन्ध रहेकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले नगरलाई हरित र स्वच्छ बनाउने लक्ष्यअनुरूप वृक्षरोपण अभियानलाई प्राथमिकतामा राखिएको बताए। उनले जुडशितलजस्ता पर्वले सामाजिक एकता र वातावरणीय चेतना दुवै प्रवर्द्धन गर्ने भएकाले यस्ता कार्यक्रमलाई व्यापक बनाइने जानकारी दिए। 

मेयर साहले नगर क्षेत्रका सार्वजनिकस्थल, सडक किनार र जलाशय आसपास हरियाली विस्तार गर्न योजनाबद्ध रूपमा वृक्षरोपण अभियान सञ्चालन गरिने उल्लेख गर्दै स्थानीयवासीलाई पनि यसमा सहभागिता जनाउन आह्वान समेत गरे।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : ५० बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो