सुन्तला र अलैँची खेतीबाट मनग्य आमदानी « Khabarhub

सुन्तला र अलैँची खेतीबाट मनग्य आमदानी


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–५ मालिकाका कमलबहादुर केसी उमेरले ६८ वर्ष पुगे। भारतमा नोकरीपश्चात् गाउँ फर्किएका केसी कृषिमा तल्लीन हुनुहुन्छ। विसं २०५७ मै सुन्तलाको व्यावसायिक खेती गरेको केसी भारतमा २४ वर्ष सेक्युरिटी गार्डको जागिर खाएर नेपाल फर्किएका हुन् ।

पाल्पाबाट सुन्तलाका ५०० सुन्तलाका बिरुवा १५ रोपनी जग्गामा लगाएका केसीले गाउँलेका कारण सुन्तलाका बिरुवा उखेलेर फालेको सुनाए।

‘सुन्तलाका यति धेरै बिरुवा के गर्ने, खेतिपाती छोडेर फलफूलले मात्रै पेट भरिन्न भनेर घरपरिवार र गाउँलेले गाली गरेपछि १५ रोपनी जग्गामा लगाएको सुन्तलाखेती २०६० सालमा उखेलेर फालेको थिए’, केसीले भने, ‘२२ वर्षपछि पुन धानबारीको खेती मासेर सुन्तला लगाएको छु, दुईवटा पोखरीमा ग्रासकाप र सिल्भर जातको माछा पालेको छु भने ४५ रोपनी जग्गामा अलैँचीखेती विस्तार गरेको छु ।’

पहिला सुन्तला लगाउँदा उत्पादनलाई बजारीकरणको चिन्ता थियो । विसं २०५७ मा सुन्तला लगाउँदा धान फल्ने खेत मासेको भन्दै गाली खाएको स्मरण गर्दै केसीले अहिले गाउँकै अगुवा किसान भएको बताउँछन्। भारतमा लामो समय काम गरेको सुनाउँदै भारतमा माछा खाने लतका कारण मालिकामा दुई वटा पोखरीमा माछापालन गर्दै आएको केसीले सुनाए । 

‘अहिले १४ रोपनी जग्गामा २४५ सुन्तलाका बिरुवा लगाएको छु, दुई वटा पोखरीमा माछा पाल्दै आएको छु, ४५ रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती थालेकै पाँच वर्ष भयो’, केसीले भने, ‘गत वर्ष तीन लाख अलैँची र दुई लाख सुन्तलाबाट आम्दानी भएको थियो, अहिले लोकल कुखुरा, माछापालन, केरालगायत थप कृषिका कामलाई बढवा दिएको हुँ ।’

वडास्तरीय कृषि समितिका संयोजक भएर मालिकाका वडाभरका ४२ किसानलाई प्लाष्टिक टनेल, मिनिटेलर हलो, सिँचाइ पाइप, सुन्तलाका बिरुवा अनुदानलगायत काममा सहायता गरेको केसीको भनाइ छ । केसी पूर्ववडा सदस्य हुन् । 

बम्बईको महाराष्ट्रमा सुरक्षा गार्डमा काम गरेको सुनाउँदै २०७० सालदेखि निरन्तर माछापालन गर्दै आएको केसीले सुनाए। सामूहिक रूपमा अलैँचीखेती गर्दै आएका केसीले १७ हजार मासिक भाडा तिरेर ४५ रोपनी जग्गामा अलैँची उत्पादन गर्दै आएको बताए। 

‘कृषिमा अथाहा सम्भावना छ, अहिले लोकल कुखुराको फार्म तयार गरेको छु, सुन्तला र अलैँचीखेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ फार्म विस्तार गरेका छौँ’, उनले भने,’मालिका वडा कार्यालयले कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, माछापालनमा सहयोग गरेको छ ।’ 

विसं २०७४ मा मालिकाको वडासदस्यमा निर्वाचित केसीले जनप्रतिनिधिपछि पुनः कृषिमा फर्केको बताए। पोखराबाट माछाका भुरा लिएर आएको बाताउँदै उनले नगरपालिकाको सहयोगमा माछाका भुरा अनुदानमा लिएको बताए। वार्षिक १०० केजी माछा बिक्री गरेको केसीको भनाइ छ । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ३९ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड