प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग « Khabarhub

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा रहेका सरकारी सवारी साधनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

कार्यालयले बिहीबार पत्राचार गर्दै सवारी साधनहरूको अद्यावधिक विवरण संकलन गर्न लागिएको जनाएको हो। मन्त्रालय र अन्तर्गतका विभाग र कार्यालयमा प्रयोगमा रहेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको विवरण यथाशीघ्र पठाउन भनिएको छ।

सवारी साधनको व्यवस्थापन तथा अभिलेखीकरणलाई व्यवस्थित बनाउन विवरण संकलन गर्न लागिएको हो।

सवारी साधनको विवरणमा सवारी साधनको नाम, नम्बर, प्रयोगकर्ता, प्रयोगको अवस्था लगायतका विवरण समेट्नुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : २८ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो