इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित « Khabarhub

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताए ।

डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको उनको भनाइ छ । इन्धन र बिटुमिनको अकासिएको मूल्यले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेका गुनासो उनको छ ।

अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गरे। समयअनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएका उनको भनाइ छ ।

समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुने परिस्थिति सृजना भएको भन्दै उहाँले निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, बिमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : २७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको